२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बेलायतका प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच भेटवार्ता, ब्रेक्जिट सम्झौताबारे छलफल


0
Shares

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

ब्रेक्जिटबारे छलफल गर्न प्रधानमन्त्री जनसनले युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा ब्रेक्जिट व्यापारका विषयमा छलफल भएको बीबीसीले उल्लेख गरेको छ । बेलायतलाई बे्रक्जिटबारे सहमति गर्नैपर्ने दवाव रहेकाले दुवै नेताबीच लामो अनौपचारिक छलफल पछि औपचारिक भेटवार्ता भएको हो ।

यही डिसेम्बर अन्त्यसम्ममा बेलायतले ब्रेक्जिटबारे निर्णय गरिसक्नुपर्ने विश्व व्यापार संगठनको समयसीमा रहेकाले छलफललाई तीव्र पारिएको हो ।

दुवै नेताबीच भएको भेटवार्तामा कुनै ठोस सहमति नभएको बताइएको छ । तर समयसीमा अघि नै महत्वपूर्ण सम्झौता भइसक्ने दुवै नेताले बताएका छन् ।

लामो बहसपछि बेलायत जनवरीमा ब्रेक्जिटबाट बाहिरिएको थियो । तर विश्व व्यापार संगठनको कडाइका कारण ११ महिना नबित्दै बेलायतले फेरि पनि ब्रेक्टिज सहमतिबारे छलफल गर्न थालेको हो ।

छलफलमा दुवै देशमा आयात र निर्यात हुने सामग्रीको भन्सार तथा कर एवम् व्यापारीक सम्झौता गर्नेबारे छलफल भएको बताइएको छ ।

यता बेलायतले युरोपियन युनियनले आफ्ना मापदण्ड खुकुलो पारेमा मात्र सहमति हुन सक्ने बताउँदै आए छ ।

प्रधानमन्त्री जनसनले वार्ताका लागि आफू तयार रहेपनि इयुले लचकता नदेखाएको टिप्पणी गर्दै आउनुभएको थियो । एजेन्सी