१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


घानाका राष्ट्रपति नाना अकुफोदो वन पुनः निर्वाचित


0
Shares

काठमाडौं । घानाका राष्ट्रपति नाना अकुफोदो वन पुनः निर्वाचित हुनुभएको छ । सत्तारुढ दलका नेता समेत रहेका वन ५१ प्रतिशत भन्दा बढी मत ल्याएर पुनः निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगले लामो समयदेखि जारी रहेको हिंसाका बीच भएको निर्वाचनमा वन विजयी भएको घोषणा गरेको हो ।

निर्वाचनका क्रममा भएका हिंसामा परेर पाँच जनाको मृत्युसमेत भएको छ । निर्वाचनका क्रममा चुनावी प्रतिष्पर्धामा रहेका दलका कार्यकर्ताबीच विभिन्न स्थानमा झडपसमेत भएको पर्यवेक्षकहरुले जनाएका छन् ।

नयाँ राष्ट्रपति निर्वाचित भएसँगै पश्चिमी अफ्रिकी मुलुक घानामा जारी हिंसा अन्त्य गरी शान्ति प्रक्रियामा आउन सहज हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघले नयाँ नेतृत्वले आम मानिसका अपेक्षा पूरा गर्न शान्ति प्रक्रियालाई अघि बढाउनुपर्ने जनाएको छ । एजेन्सी