९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेकपा केन्द्रीय सदस्य एवं पूर्व सांसद लामाको कोरोना संक्रमणबाट निधन


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा लामाको निधन भएको हो । गत मंसिर १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछी लामालाई अस्पताल भर्ना गरिएको थियो ।

उहाँको गएराति निधन भएको पारिवारिक श्रोतले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापक लामा दुई पटक सांसदमा निर्वाचित हुनुभएको थियो ।

साधारण भिसामा कोरिया जान नपाउने भएपछि लामाले उपचारका लागि कोरिया जान विशेष राहदानीका लागि परराष्ट्रमा आवेदन दिनुभएको थियो ।

केही वर्षअघि उहाँको मिर्गौलाको क्यान्सरको उपचार गरिएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको समस्या पनि थियो ।

लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका राजदूत हुनुहुन्थ्यो ।