१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाजु निरञ्जनको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता शेखर अकस्मात दिल्लीमा


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला दिल्लीमा हुनुहुन्छ ।

आफ्ना दाजू निरञ्जन कोइरालालाई कोरोना संक्रमण भएर स्वास्थ्य स्थिर भएपछि डा. कोइराला बुधबार पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलबाट दिल्ली जानुभएको हो ।

एक साता अघि गृह जिल्ला मोरङमा विभिन्न कार्यक्रममा सहभागी हुन जानु भएका डा. कोइराला अकस्मात दाजु बिरामी भएको खबर पाएपछि दिल्ली जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

निरञ्जनको दिल्लीस्थित म्याक्स हस्पिटलमा आइसियूमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्य अवस्था अझै स्थिर रहेको कोइरालाको सचिवालयले बताएको छ ।

निरञ्जन शेखरका एक मात्रै दाजु हुन् । राजनिति र पारिवारिक जीवनमा आमा नोना कोइराला पछि दाजु निरञ्जन नै शेखरका एक मात्र अभिभावक छन् ।

शेखरलाई नेपाली काँग्रेसको सभापति बन्ने दौडमा लाग्न दाजु निरञ्जनले साथ र सहयोग दिँदै आएका छन्।

निरंकुश पञ्चायती शासनमा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय निरञ्जन नेपालका सफल पर्यटनविद् समेत हुनुहुन्छ ।

पछिल्लो समय दिल्लीमा रहेर उद्योग व्यवसायमा संलग्न निरञ्जन दिल्लीको प्रतिष्ठित व्यावसायि समेत हुनुहुन्छ ।