१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वी चितवनमा सवारी दुर्घटना ह्वातै बढ्यो, न्यूनीकरणका योजना बने तर कार्यान्वयन भएन


0
Shares

चितवन । पूर्वी चितवनमा रहेका चारवटा नगरपालिकामा सवारी दुर्घटना ह्वातै बढेको छ ।

पूर्व पश्चिम राजमार्गले समेत छुने भएकाले यस क्षेत्रमा दुर्घटनाबाट मृत्यु बढ्न थालेपछि सुरक्षित सडक निर्माणदेखि दुर्घटना न्यूनीकरणका लागि जनप्रतिनिधिको सक्रियता बढ्न थालेको छ ।

पूर्व पश्चिम राजमार्गको टिकौली जंगलबाट सुरु हुन्छ पूर्वी चितवन । जहाँ रत्ननगर, कालिका, खैरहनी र राप्ती गरी चारवटा नगरपालिका पर्छन ।

यी नै नगरपालिकाले राजमार्गलाई छुने २५ किलोमिटरमा सवारी दुर्घटना बढ्दै गएको देखिन्छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर, चितवनका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटना न्यूनिकरणकालागि अनेक उपाय अपनाएको बताउनुभयो ।

र पनि यस क्षेत्रमा दुर्घटना न्यूनीकरण हुन अझै सकेको छैन् ।

चालु आर्थिक वर्षको ४ महिनामा मात्रै २३ वटा सवारी दुर्घटनामा १२ जनाले अकालमै ज्यान गुमाएका छन भने ४१ जना घाइते र ४३ वटा सवारीसाधन पूर्ण रुपमा क्षति भएका छन् ।

अकालमै ज्यान जाने गरी हुने दुर्घटना न्यूनीकरणका लागि साँघुरो सडक नै कारक रहेको रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनको निश्कर्ष छ ।

प्रत्येक स्थानीय तहका लागि कति गाडी आवश्यक पर्छ ? जनसंख्या कति छन् ? त्यसको समेत निक्र्योल गरी योजना बनाउनुपर्ने उहाँको सुझाव छ ।

कालिका नगरपालिकामा पनि दुर्घटना न्यूनीकरणका लागि घुम्ती तथा चोकमा सीसीटिभ जडानका काम भई रहेका छन् ।

यसले दुर्घटना न्यूनीकरणमा टेवा त पुगेको छ नै ट्राफिक प्रहरीसँग सहकार्य गरी गुरुयोजना नै बनाउने बताउनहुन्छ नगरप्रमुख खुमनारायण श्रेष्ठ ।

सानो परिवार सुखी परिवारमा रमाउनेहरु पनि अकालमै सन्तान गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकीदैन ।

वर्षौँ पहिलेको जनघनत्व, त्यो समयको सवारी आकार र सख्या हेरी बनाएको सडक अझै विस्तार हुन नसक्नु दुर्घटनाको मुख्य कारण भएको उहाको बुझाई छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले धेरै खालका विपत मध्य सवारी दुर्घटना दोस्रोमा आउने भन्दै यसलाई रोक्न ठोस काम गर्नुपर्ने र त्यसलाई कार्यान्वयनमा लैजान बिशेष योजनाको तयारी रहेको बताउनुभयो ।

स्थानीय तहले पनि दुर्घटना न्यूनीकरणका लािग सडकलाई प्रविधिमैत्री बनाउने, लोथरमा चेक प्वाइन्ट निर्माण गर्ने, खैरहनीमा रिफ्रेस सेन्ट बनाउने लगायतका कार्ययोजनालाई अगाडि सारेको छ ।

सबैको साझा प्रतिबद्धता र योजनाहरु कार्यान्वनय गर्न सके अकालमै ज्यान जानेहरुलाई बचाउन सकीने थियो की ?