१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना : मेयर शाक्य


0
Shares

काठमाडौं, मंसिर २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना बनाएको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका–५, मालिगाउँमा मैतिदेवीमा जात्रा देखाउने देवीघरको बिहीबार शिलान्यास गर्दै उहाँले जीर्ण अवस्थामा पुगेका सबै देवीघरको पुनःनिर्माण गरिने बताउनुभयो ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौंको धर्म, संस्कृतिको सन्देश दिने देवीघरहरुको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

स्थानीय जनश्रमदानसहित दुई करोड छ लाख रुपैयाँको लागतमा देवीघर निर्माण गर्न लागिएको हो ।

मैतिदेवी धोवीखोला छुट गुठी, मागल भोटाहिटी टोल मुनिकार समाजको संयुक्त पहलमा देवीघर निर्माण गर्न लागिएको हो ।

निर्माण समितिका अध्यक्ष रमेशमान मुनिकारले देवीघरको निर्माण नौ महिनाभित्र सम्पन्न गर्ने बताउनुभयो ।