
हेटौंडा, मंसिर २५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सहयोग गर्ने बताउनुभएको छ ।
बिहीबार हेटौंडामा आयोजित स्थानीय तह र आयोगबीचको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले आयोगले भूमिहीनको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले हालसम्म भूमिसम्बन्धी समस्या समाधानका लागि १३ ओटा आयोजना गठन भएपनि समस्या समाधान नभएकाले हाल भूमिसम्बन्धी ऐन २०२१ को आठौं संशोधन र नियमावलीको १८औं संशोधनको क्रममा रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्