२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


मानवअधिकारकर्मीद्वारा नेपालस्थित नौओटा दूवातावासअगाडि एकसाथ प्रदर्शन


0
Shares

काठमाडौं, मंसिर २५ । आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै मानवअधिकारकर्मीहरुले नेपालस्थित नौओटा दूवातावासअगाडि एकैसाथ धर्ना प्रदर्शन गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा मानवअधिकारकर्मीहरुले बिहीबार ७२औं अन्तराष्ट्रिय मानवअधिकार दिवस पारेर काठमाडौंस्थित अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुरस्थित उत्तर कोरियाली दूतावासअगाडि एकसाथ प्रदर्शन गरेका हुन् ।

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सदस्य एवं पूर्वमहासचिव कृष्ण कँडेलले जीवजन्तु र मानिसलाई हानि हुने कुनैपनि आणविक अस्त्र राख्न पाइँदैन भन्दै प्रदर्शन गरिएको बताउनुभयो ।

धर्नामा ‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु हो’, ‘सबै आणविक अस्त्र नष्ट गर’, ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर’, ‘आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाइँदैन’, ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कसले बचाउने’लगायत लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो ।