
काठमाडौं, मंसिर २५ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीको वातारण तयार गर्न र आर्थिक वृद्धिद्धरमा सहयोग पुर्याउन महासंघले ‘भिजन पेपर’ बनाउन लागेको बताउनुभएको छ ।
रसायन तथा केमिकल आपूर्ति संघ र नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघले महासंघमा गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिड–१९ को प्रभावपछि आगामी दिनमा देखिनेगरी काम गर्ने बताउनुभयो ।
अर्काे वर्ष चार लाखलाई रोजगारी दिनको लागि भिजन पेपरको तयारी गरिएको उहाँले बताउनुभयो ।
सार्वजनिक संस्थाको रुपमा महासंघलाई अब व्यवस्थितरुपमा अघि बढाउने भन्दै अध्यक्ष गोल्छाले महासंघका दैनिक हिसाब–किताब प्रष्ट राखिने पनि बताउनुभयो ।
विधान संशोधनको काम पनि छिट्टै नै अघि बढ्ने अध्यक्ष गोल्छाले प्रष्ट पार्नुभयो ।
उनी तथा फेल्ट निर्यात व्यवसायीहरुले भने सरकारले निर्यातमा दिने सुविधासमेत नपाएको, व्यवसाय विकासका लागि पुनर्कर्जा नपाएको तथा निर्यातका लागि अन्तर्राष्ट्रियस्तरको ल्याबसमेत नभएको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्