१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्रेक्जिट सम्झौता हुने सम्भावना छैन : बेलायती प्रधानमन्त्री


0
Shares

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता हुने सम्भावना नरहेको बताउनुभएको छ ।

ब्रेक्जिटबाट बाहिरिने निर्णय गरेको ११ महिनापछि बेलायतले युरोपियन युनियनसँग पुनः सम्झौता गर्नेबरे छलफल थालेको हो ।

ब्रेक्जिट सम्झौता नभए आगामी जनवरी १ देखि बेलायतले विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्यता गुमाउने भएपछि पुनः यसबारे बहस सुरु भएको हो ।

प्रधानमन्त्री जोनसनले वार्ता जारी रहेकाले ठोष निर्णय भने हुन बाँकी नै रहेको बताउनुभएको छ ।

यसअघिको वार्तामा इयूका प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको व्यापार वार्तामा इयू एकतावद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएकाले गतिरोध अन्त्य सहज नभएको जानकार बताउँछन् ।

विगतमा भएका धेरै चरणको वार्ताले पनि माछा मार्ने अधिकार, पारस्परिक समान कानून, सुरक्षाका केही विषयमा सहमति हुन सकेको छैन ।

माछा मार्ने व्यवसाय बेलायतको कुल ग्राहस्थ उत्पादनको शून्य दशवलव एक प्रतिशत रहेपनि एतिहासिक रुपले फ्रान्स र बेलायतबीच यसमा प्रतिष्ठाको विषय रही आएको छ ।

पर्यावरण तथा आपसी सद्भावको लागि केही वर्षदेखि इयूको समुन्द्रमा कोटा प्रणालीबाट माछा मार्ने काम हुँदै आएको छ ।

पारस्परिक समान कानूनमा सहमति नभए भन्सार तथा अन्य क्षेत्रमा असर पर्ने हुनाले यसमा सहमति नभए ‘नो डिल’ तर्फ उन्मुख हुनेछ ।

दुवै पक्षले राजनीतिक रुपमा जे जस्तो प्रतिक्रिया दिएपनि सहमतिको विकल्प नरहेको विश्लेषकहरु बताउँछन् ।

उत्तरी आयरल्याण्डको सम्भावित समस्या तथा ब्रेक्जिट बहिर्गमन बिषयमा बेलायत लचिलो हुने संकेत गरिसकेको छ ।

इयू र बेलायतलाई सहमतिमा आउन बहुमत व्यवसायीहरुको चर्को दबाव छ । एजेन्सी