६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर, भट्टराईले भने, ‘कुतर्क गरेर क्षमा हुनै सक्दैन’


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताउनुभएको छ ।

भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन तसर्थ मृत्यु अघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको उहाँले बताउनुभयो ।

आज ट्विट गर्दे नेता भट्टराइले जतिसुकै तर्क/कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनै नसक्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद लामाले निधन हुनुभन्दा केही दिनअघि फेसबुकमा लामो स्टाटस लेखेका थिए ।

नेताहरुले आफूलाई बर्बाद बनाएको र आफ्नै कान्छी श्रीमतीले समेत जीवनको अन्तिम अवस्थामा आएर धोका दिएको उनले उल्लेख गरेका थिए ।

को नेता भन्ने लामाले नखुलाए पनि बिहीबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हाइड्रो पावरको सेयर विवादमा संवाद गरेको भिडियो बाहिरिएको थियो ।

नेता श्रेष्ठले आफूलाई आग्रह गरेकाले विवाद मिलाउन गएको बताउनु भएको छ ।