१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवनमा जिप दुर्घटना, दुईको मृत्यु, ११ जना घाइते


0
Shares

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

त्यसपछि करेन्ट सर्ट भएको थियो । बोलेरो घटनास्थलमा रहेको तर बाटो अबरुद्ध नरहेको प्रहरीले जनाएको छ ।