
सुनसरी । अवैध लागू औषध कारोबार गर्ने छ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध कारोवारीको साथबाट प्रहरीले ठूलो परिणामको लागू औषध पनि बरामत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका क्षेत्रबाट अवैध लागु औषध कारोबार गर्ने एक भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारतका ओमप्रकाश यादव, सुनसरी इटहरीका सनम बस्नेत, सागर काफ्ले, अमर सरदार, प्रकाश सरदार, मोरङ जहदा गाँउ पालिकाकाका उमेशकुमार मण्डललाई रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १२ हजार ९ सय ६० थान ट्रमाडोल क्याप्सुल, प्लान्कफ ३० बोतल, नाईट्राभेट एकहजार ६ सय ५० ट्याब्लेट र स्पास्पेन २ सय ४० क्याप्सुल बरामत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्