१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा


0
Shares

काठमाडौं, मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले गत कात्तिक १ गतेदेखि लागू हुनेगरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो ।

बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ ।

कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । उहाँको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो । त्यसपछि उहाँ नेपाल फर्किनुभएन । उहाँले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।