१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजना भ्रष्टाचारी ठहर


0
Shares

काठमाडौं, मंसिर २६ । विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ ।

विभागका महानिर्देशक रहँदा पाण्डे म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले पाण्डेसहित तीनजनालाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा पाण्डे २०७४ कात्तिक २८ गते पक्राउ परेका थिए ।

अख्तियारले महानिर्देशकसहित तीन कर्मचारीविरुद्ध पुस ४ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै कालोसूचीमा परेको म्यानपावर कम्पनीलाई फुकुवा गर्न १० लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।

विशेषबाट उनीहरु घुस बराबरको रकम बराबर धरौटीमा छुटेका थिए । विशेषले अन्तिम फैसला सुनाउँदै सबैलाई भ्रष्टाचारी ठहर गरेको हो ।