
काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रियस्तरको मेगा हललगायतका परियोजना सुरु गर्न नसकिएको बताउनुभयो ।
विभिन्न विवादका कारण केही परियोजनालाई अगाडि बढाउन ढिलाइ भएको उहाँको भनाइ थियो ।
महानगरबासीलाई एउटै भवनबाट सेवा दिने प्रतिबद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको मेयर शाक्यले बताउनुभयो ।
कुनैपनि कामको विरोध गर्ने प्रवृत्तिलाई धर्मको रुपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा काम गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्