
फाइल तस्वीर ।
काठमाडौं, मंसिर २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच शनिबार भएको छलफलले आउँदो पुस ४ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
काठमाडौंमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, महाधिवेशनको तयारी, पार्टी संगठन सुदृढीकरण, भावी कार्ययोजना र संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्