१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिक्टा सिँचाइमा चुनौती


0
Shares

काठमाडौं, मंसिर २७ । झन्डै ३१ अर्ब रुपैयाँको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ आयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतीहरु देखापरेका छन् ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ४५ किलोमिटर नहर निर्माण भइसकेको छ । तर, पूर्णरुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतीहरु सामना गर्नुपरेको छ ।

नहरको पुलमा लगाएका र्‍यालिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिनेलगायतका चुनौती सामना गर्नुपरेको छ ।

सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहरभित्र बनाइएका स्याल्यापहरु माटोमा भासिँदा समस्या देखिएको बताउनुभयो ।

सिक्टा नहरमा घुलनसिल माटो भएको कारणले नहरको संरचना भत्किने गरेको छ ।

यस्तै, जंगलको बाटो भएकै कारणले पानी खेतसम्म पुर्‍याउन गाह्रो भएको थियो । तर पनि पानी ल्याउन सफल भएको आयोजनाका इन्जिनियर नरेश पाण्डेले बताउनुभयो ।

सिक्टा सिँचाइको ठूलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवस्थितरुपले पुल निर्माण र निकास बनाएपछि खेतमा पानी पुर्‍याउन थप जटिल देखिएको छ ।