१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसियाली खेलकुदका लागि साउदीले माग्यो नेपालको समर्थन


0
Shares

काठमाडौं, मंसिर २७ । नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१औं एसियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन माग्नुभएको छ ।

शनिबार नेपाल ओलम्पिक कमिटीको कार्यालयमा कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेट गरी राजदूत मुसाउदले सन् २०३० मा हुने २१औं एसियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गर्नुभएको हो ।

भेटपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एसियन खेलकुदका लागि साउदी अरबलाई सघाउन राजदूत मुसाउदले आग्रह गर्नुभएको बताउनुभयो ।

साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मकरुपमा समान रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसबारे दुवै पक्षसँग थप छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो ।

साउदी अरबले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ ।

एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९औं ‘ओसीए’ महासभामा २१औं एसियन खेलकुदका लागि मतदान हुनेछ ।

हालसम्म कतार र साउदी अरबयाले २१औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालसँगै ४५ देशले मतदान गर्नेछन् ।