
काठमाडौं । नाइजेरियाको एक बिद्यालयमा बन्दुकधारी समुहले आक्रमण गर्दा सयौं बिद्यार्थीहरु बेपत्ता भएका छन् ।
नाइजेरियाको कत्सिना राज्यमा रहेको सरकारी बिद्यालयमा पठनपाठनको समयमा मोटरसाइकलमा सवार बन्दुकधारीहरु प्रवेश गरेपछी बिद्यार्थीहरुबीच भागदौड मच्चिएको थियो ।
आक्रमण लगत्तै जवाफी कारबाहीमा उत्रेको बिद्यालयको सुरक्षार्थ खटिएका सुरक्षागार्ड र नाइजेरियाली सेनाले स्थिती नियन्त्रणमा लिएको बुझिएको छ ।
बिज्ञान बिषयको पढाई हुने सो बिद्यालयका बिद्यार्थी अपहरणको शैलीमा ती बन्दुकधारीहरु हवाई फायर गर्दै बिद्यालयभित्र प्रवेश गरेको बताईएको छ ।
घटनाको समयमा सो बिद्यालयमा ८ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत रहेकोमा केहीले भागेर ज्यान जोगाएका छन् भने केही हराइरहेका छन् ।
घटनामा कोही बिद्यार्थी पनि घाइते नभएको यद्दपी केही सुरक्षाकर्मीहरु भने घाइते भएका छन् ।
यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाको निन्दा गर्दै हराइरहेका बिद्यार्थीहरुको खोजी कार्य तीब्र पार्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।
घटना लगत्तै नाइजेरियाली सेनाले बन्दुकधारीहरुको अखडा पहिचान गरी लुकाइराखेको हतियारहरु बरामद गरेको छ ।
नाइजेरियाको कात्सिना राज्य राष्ट्रपतिको गृहराज्य भएको र उहाँ गृहजिल्लामै रहेको बेला उक्त घटना भएको हो । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
यसअघि सन् २०१४ मा उत्तर पुर्वी नाइजेरियाको चिबोकको एक बिद्यालयबाट बिद्रोही समुह बोको हरामले २ सय ७० महिला बद्यार्थीहरुको अपहरण गरेको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्