
काठमाडौं, साउन २४ । उपन्यासकार हरि कटुवालको उपन्यास ‘रेडलाईट’को आज काठमाडौंमा लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य तथा उपन्यासकार माया ठकुरीले एक कार्यक्रमकाबीच उपन्यासको लोकार्पण गरेकी हुन् । उनले उपन्यास समाजमा भएका बेथितिहरुलाई मुखरीत गर्ने माध्यम भएको भन्दै ‘रेडलाइट’ साहित्यिक उपन्यास रहेको बताइन् ।
उपन्यासले साहित्यिक दृष्टिकोणबाट समाजमा देखिएका यौन विषयवस्तुलाई प्रष्फुटन गरेको उनको भनाइ थियो ।
नियात्राकार तथा निवन्धकार युवराज नयाँघरेले यौनिक साहित्यबाट अभिप्रेरित भएर लेखिएको उपन्यास युवा युवतीका लागि ऐनाको रुपमा रहेको बताए ।
लेखक तथा साहित्यकार हरि कटुवालले उपन्यासले समाजमा दबिएको यौन कुण्ठालाई विषयवस्तुको रुपमा तयार पारिएको बताए । उनले यौनलाई बिकृतिको रुपमा नलिई व्यवथित बनाइनुपर्ने भन्दै यौन साहित्यको बजारमा पुस्तक सबै वर्गका लागि पथ प्रदर्शकको रुपमा हुने बताए ।
उपन्यासकार कटुवालका यसअघि पनि अधुरो सपना लगायतका उपन्यास बजारमा आइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्