
विद्यासुन्दर शाक्य ।
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ ।
सडक निर्माण, कालोपत्रेलगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेको मेयर शाक्यले बताउनुभयो ।
सोमबार काठमाडौं महानगरपालिकाको ‘२६औं महानगर दिवस’को अवसरमा उहाँले महानगरको जिम्मेवारीभित्र रहेका अधिकांश सडक आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा पुर्याइएको बताउनुभएको हो ।
त्यसबाहेक शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा समेत उल्लेख्य काम गर्न सफल भएको उहाँले बताउनुभयो ।
कतिपय ठूला आयोजनाहरु भने प्राविधिक कारणले सुरु गर्न नसकिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्