
धनकुटा, मंसिर ३० । कोरोनाभाइरस परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक करोड रुपैयाँको लागतमा धनकुटामा ‘पीसीआर’ मेसिन जडान गरिएको छ ।
नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पीसीआर मेसिन जडान गरिएको हो ।
धनकुटामै कोरोना परीक्षण हुने भएपछि धनकुटासहित पूर्वी पहाडी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभाबासीलाई पनि कोरोना परीक्षण गर्न सहज हुने भएको छ ।
यसअघि, पूर्वी पहाडी जिल्लामा मेसिन नहुँदा धरान र विराटनगरका ल्याबमा स्वाब पु¥याएर परीक्षण गरिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्