२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारीका कारण राजावादी सल्बलाए : गगन थापा


0
Shares

कैलाली, मंसिर ३० । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीका कारण सडकमा ‘राजा आऊ, देश बचाऊ’को नारा घन्किएको आरोप लगाउनुभएको छ ।

प्रेस युनियन कैलालीले मंगलबार गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपतिकै कारण युवाहरुमा चरम निरासा पैदा भएको दाबी गर्दै राष्ट्रपतिभन्दा त उहिलेका संवैधानिक राजा नै ठिक थिए भन्ने भावना जागेको बताउनुभयो ।

तर, उहाँले अहिलेको अवस्थामा राजा फर्किने कल्पना गर्नु व्यर्थ हुने जिकिर गर्नुभयो ।

थापाले संवैधानिक परिषद्को बैठकमा पार्टी सभापति शेरबहादुर देउवा जानै नहुने बताउनुभयो ।

संविधानले व्यवस्था गरेबमोजिम प्रतिनिधिसभामा कांग्रेसले उपसभामुख पाउनुपर्ने भएपनि त्यसतर्फ कुनै निर्णय नभएकाले कांग्रेस परिषद्को बैठकमा जानुको अर्थ नभएको उहाँको तर्क थियो ।