१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी अस्पताललाई सबल बनाउनुपर्नेमा जोड


0
Shares

काठमाडौं, मंसिर ३० । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौं महानरपालिकाले त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउन आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

सरकारले स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ भन्ने मान्यता राखेको र त्यसका लागि सरकारी अस्पताललाई सबल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विभिन्न अस्पतालका सेवामा जनस्तरबाट गुनासा आउने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रको नीति र संरचना नै सुधार गरेर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा सम्झौता भयो ।

सम्झौतापत्रमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले हस्ताक्षर गर्नुभयो ।

महानगरपालिकाले सात करोड ५० लाख रुपैयाँ बराबरको १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न आर्थिक सहयोग गरेको हो ।