
कैलाली । गत असारमा पहिरोले घर भत्काएपछि घरबिहीन बनेका कैलालीको चुरे गाउँपालिकाका २ सय ११ परिवार अहिले बिचल्लीमा परेका छन् ।
घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका पहिरो पीडितहरु विद्यालय सञ्चालनमा आएसँगै जंगलमा पुगेका छन् ।
घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका उनीहरु विद्यालय सञ्चालनमा आएसँगै ओत विहीन बनेका हुन् ।
केही समयका लागि विद्यालयमा बस्ने ब्यवस्था गरेको गाउँपालिकाले उनीहरुका लागि बसोबासको उचित ब्यवस्था गर्न सकेको छैन ।
वर्षातको समय विद्यालयको चौरमा बिताएका पहिरो पीडित पुष महिनाको जाडोमा जंगलमा पुगेका छन् ।
गाउँपालिकाले पहिरो पीडितका लागि वडा नम्बर ४ को टाँकगडामा बासस्थानको ब्यवस्था मिलाउने निर्णय गरेको थियो ।
गाउँपालिकाको निर्णय अनुसार पीडित परिवार टाँकगडामा बसोबासका लागि गए पनि ।
तर, पहिरो पीडित आएको जानकारी पाउनासाथ स्थानीयले बिरोध गरेपछि पीडितको बिचल्ली भएको छ ।
बिस्थापितहरु बसेको ठाउँ सामुदायिक वन भएकाले आफूहरुले सो स्थानमा पीडितलाई बस्न नदिने स्थानीयको भनाई छ ।
गाउँपालिकाले पीडितको बैकल्पिक ब्यवस्था गरेर अन्यत्र स्थानान्तरण गर्नुपर्ने सामुदायिक वनका पदाधिकारीको माग छ ।
गाउँपालिकाको निर्णय अनुसार टाँकगडामा गएका पहिरो पीडित परिवारलाई स्थानीयको विरोधले समस्यामा पारेको छ ।
समस्या समाधानमा लाग्नु पर्ने गाउँपालिका पनि अहिले आएर आफ्नो निर्णयबाट पछाडि हटेको छ ।
सो स्थानमा पठाउने निर्णय आफूहरुले नगरेको र विस्थापितको व्यवस्थापनका लागि पहल भैरहेको चुरे गाउँपालिकाकाले जनाएको छ ।(भिडियो)
प्रतिक्रिया दिनुहोस्