१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं-दिल्ली उडान आजबाट खुल्यो


0
Shares

काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान ९ महिनामा आजबाट सुरु भएको छ ।

भारतले प्रस्ताव गरेको एयर बबल सम्झौतामा नेपालले सहमति जनाएपछि आजबाट काठमाडौं दिल्ली उडान सुरु भएको हो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले आज बहान दिल्ली उडान गरेको हो । एयर इण्डीयाले भने डिसेम्बर २७ बाट मात्रै काठमाडौं उडान गर्ने तयारी गरिरहेको छ ।

काठमाडौं दिल्ली उडान सुरु भएपनि नेपाल एयरलाईन्सले भारतका अन्य गन्तव्य शहरहरु बैंगलोर र मुम्बईमा भने तत्काल उडान गर्न पाउने छैन ।

भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत दुईपक्षीय उडान सम्झौता गरिसकेको छ ।

हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाले दैनिक एक एक वटा उडान गर्नेछन् । यात्रुको चाप हेरेर केही समयपछि उडान संख्या बढाउँदै लाने तयारी गरिएको छ ।

काठमाडौंबाट दिल्लीमा उडान नहुादा उपचार, अध्ययन र व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको थियो ।