१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा आन्दोलनमा होमिने


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुनस्थापनाको माग गर्दै आन्दोलन गर्ने भएको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारले जनचासोका विषयमा ध्यान नदिएको भन्दै सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ ।

बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णयसमेत गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ ।