
काठमाडौं । सन २०३० को एसियन गेम्स आयोजना गर्ने जिम्मा कतारले पाएको छ ।
भोटिङका आधारमा कतारले एसियन गेम्सको जिम्मा पाएको हो ।
एसिएन गेम्स आयोजनाका लागि साउदी अरेबियाले पनि इच्छा देखाएको थियो ।
ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका थिए ।
यस्तै सन २०३४ को एसियन गेम्सको आयोजना भने साउदी अरेबियाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्