८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आठौं नेपाल लिटेरेचर फेस्टिभल आगामी मंसिर २७ देखि पोखरामा


0
Shares

काठमाडौं, साउन २६ । आठौं नेपाल लिटेरेचर फेस्टिभल आगामी मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।

आयोजक संस्था वुकवर्म फाउण्डेशनले आज राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । फेस्टिभलमा नेपाल र भारतका साहित्यकार तथा लेखकहरुको सहभागिता रहने जनाइएको छ । त्यसअघि कात्तिक १७ र १८ गते जनकपुरमा नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जनकपुर महोत्सवका संयोजक मनिष झाले राजनीति संक्रमणका कारण जनकपुरले गुमाएको साख फिर्ता गर्न फेस्टिभल फलदायी हुने विश्वास ब्यक्त गरे ।

सो अवसरमा नेपाल नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले फेस्टिभलबाट नेपालको सामाजिक, साँस्कृतिक, कला र साहित्यको पक्ष प्रवर्द्धन हुने धारणा राखे ।

महोत्सवका विजेतालाई २५ हजार डलर पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन् ।