
फाइल तस्बिर
सप्तरी । आगलागीमा परेर राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।
नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्