१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरामा आईसीयूसहितको उपचार सेवा शुरु


0
Shares

डडेल्धुरा । जिल्लाको डडेल्धुरा अस्पतालमा आईसीयूसहितको उपचार सेवा शुरु भएको छ । अस्पतालले मेडिकल आईसीयू तर्फ ५, भेन्टिलेटर ४ सहित ९ बेडको आईसीयू सेवा शुक्रबारदेखि सञ्चालन गरेको अस्पतालका डा. तीर्थराज भण्डारीले जानकारी दिनुभयो ।

संघीय सरकारले १५ वटा आईसीयू सञ्चालन गर्ने गरी तीन करोड बजेट उपलब्ध गराएको थियो । यसमध्ये भवन अभावमा हाल ९ शय्याको आईसीयू सेवा शुरु गरिएको र कोरोना आईसीयू ३, सर्जिकल आईसीयू ३ गरी १५ शय्याको आईसीयू सेवा दिने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा निर्माणाधीन भवन सम्पन्न भएपछि थप एक भेन्टिलेटर जडान गरिने छ । जडान भएपछि १० वटा मेडिकल आईसीयू सहितको उपचार सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

आईसीयू उपचाररत बिरामीका लागि डिजिटल एक्सरे सहित लेबल २ को आईसीयू उपचार हुने भएपछि अस्पताललाई अन्य उपचार सेवामा पनि सहज हुने भएको छ । अस्पतालले चौबिसै घण्टा ४ जनाको दक्ष मेडिकल जनशक्ति आईसीयू विभागमा खटाएको जनाएको छ ।