१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मापसे जाँच कडाइ गरिने


0
Shares

काठमाडौं । मापसे जाँच शुक्रबारबाट कडाइ गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसका लागि महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिइसकेको छ ।

कोरोना भाइरस महामारीका बीच शुरु हुन लागेको मापसे जाँचमा ब्रेथलाइजर एकपटक मात्रै प्रयोग गर्ने ट्राफिक महाशाखाले जनाएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

यस्तै ट्राफिक कारवाहीमा परेकाहरुलाई भने अनलाइन कक्षाकै व्यवस्था गरिएको छ ।