
काठमाडौं । गएराति भएको बुन्डेस लिगामा बोरुसिया डर्टमण्ड युनियन वर्लिनसंग २–१ गोलले पराजित भएको छ ।
युनियनका खेलाडी युसुफो मौकोकालले कीर्तिमानी गोल गरेको प्रतियोगितामा बोरुसिया डर्टमण्ड भने पराजित भएको छ ।
युसुफोले बुन्डेस लिगामा १६ वर्ष २८ दिनमा गोल गर्दै कम उमेरकोे गोलको कीर्तिमान कायम गरेका छन् ।
उनले फ्लोरियन वत्र्जको कीर्तिमान एक वर्ष र ६ दिनले तोडेका हुन् ।
खेलको ६० औं मिनेटमा युसुफोले गरेको गोलले डर्टमण्डलाई जोगाउन भने सकेन । डर्टमण्डले यस सिजन ५ खेलमा हार ब्यहोरेको छ ।
डर्टमण्डले शीर्ष स्थानको बायर लिभरकुसनसंग अंक दुरी घटाउने मौका गुमाएको छ ।
डर्टमण्ड २२ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
वर्लिन २१ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्