
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले खुमलटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेपछि दाहाललाई भेटन माधवकुमार नेपाल पनि खुमलटार जानुभएको छ ।
ओली खुमलटारबाट फर्के लगत्तै नेपाल खुमलटार जानुभएको हो । दुई नेताबीच ओलीसँग भएको वार्ताका विषयमा कुराकानी भएको बताइएकोे छ । पार्टी विवाद बढ्दै जाँदा प्रचण्डलाई भेट्न अध्यक्ष ओली आज बिहानै खुमलटार जानुभएको थियो । ओली र दाहालको भेटमा उपाध्यक्ष बामदेब गौतम पनि सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्