१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपाको माग हिन्दु राष्ट्र र राजसंस्था, पुस १७ गते प्रदर्शन गर्ने


0
Shares

politics

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनामा जोड दिनुभयो । पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिरहेकाले त्यसमा राप्रपाको समेत समर्थन रहेको उहाँको भनाइ छ । अध्यक्ष राणाले बुहमत प्राप्त सरकारले जनअभिमतको दुरुपयोग गरिरहेको भन्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि दबाव दिन पनि आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रूपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताउनुभयो । यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्ण रूपमा असफल भएको बताउनुभयो । उहाँले जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेकोमा जोड दिनुभयो ।