१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकै क्लबबाट धेरै गोल गर्ने पेलेको कीर्तिमानसँग मेस्सीको बराबरी


0
Shares

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी मेस्सीले एकै क्लबबाट खेल्दै धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

मेसीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन ।

शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गरेका थिए ।

पहिलो हाफको ईन्जुरी समयमा मेसीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल रहे ।

मेसीले सन २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

८० वर्षिया पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

मेस्सीको गोलका बाबजुत बार्सिलोनाले तालिकाको बिचमा रहेको भ्यालेन्सियाविरुद्ध जित निकाल्न भने सकेन ।

यो नतिजाले २६ पटकको च्याम्पियन बार्सिलोना तालिकाको पाँचौ स्थानमा रह्यो । क्याटलान क्लब शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रह्यो ।

बार्सिलोना २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । भ्यालेन्सिया १५ अंक सहित १२ औं स्थानमा छ ।

शनिबारमात्रै एट्लेटिकोले इल्चेलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । शीर्ष स्थानको एट्लेटिको २९ अंक रहेको छ । एजेन्सी