१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मास्क नलगाई फोटो खिचेको भन्दै चिलीका राष्ट्रपतिलाई जरिवाना


0
Shares

काठमाडौं । मास्क नलाएको भन्दै ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३३ हजार ५ सय अमेरिकी डलर जरिवाना तोकिएको छ ।

कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको आरोप लगाउँदै सेबास्टियन पिन्येरामाथि उक्त जरिवाना तोकिएको हो ।

उहाँले यो महिनाको सुरुवातमा एक महिलासँग मास्क बिना खिचेको सेल्फी सोसल मिडियामा भाइरल भएपछी कारबाही गरिएको हो ।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले सेल्फी खिच्न चाहँदा आफूले मास्क नलाएको स्वीकार गर्नुभएको थियो ।

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइनुका साथै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ ।

भने चिलीमा मास्क नलगाउँदा जरिवानाका साथै जेल सजायको प्रावधान पनि छ । एजेन्सी