१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसान तातोपानी नाका


0
Shares

सिन्धुपाल्चोक । आईसुलेट एरिया सहित खुलाईएको सिन्धुपाल्चोकको तातोपानी नाकामा व्यापारिक गतिविधि नभएपछि सुनसान भएको छ ।

कोरोना संक्रमणका कारण एक तर्फी आयात मात्र खुलाइएको र पर्याप्त मात्रामा कन्टेनर नभित्रिँदा नाका सुनसान भएको हो ।

दैनिक ४० देखि ५० वटा सम्म कन्टेनर भित्रिने नाकामा हाल पाँच वटा कन्टेनर भित्रिने गरेका छन् ।

कोरोना महामारी अगाडी बजारमा माग हुुने प्राय सबै सामाग्री भित्र्ने नाकामा हाल हाईड्रोपावर तथा इन्डस्ट्रियल मेटिरियलका सामाग्री मात्र आएका छन् ।

निकै चहलपहल हुने नाकामा अहिले सर्वसाधरणलाई प्रवेश दिईएको छैन ।

सजिलै सामान भित्र्याउदै आएका सर्वसाधारलाई लामो समयदेखि नाकामा कडाई भएपछि समस्या भएको छ ।

नाका खुल्ने र व्यापार हुने भनेर लिपिङ पुल र छेउँछाउँमा होटल तथा पसल राखेर बसेकाहरुलाई पनि समस्या भएको छ ।