
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने भन्दै मन्त्री अर्यालले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताउनुभयो ।
‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘सकारात्मक आलोचनाबाट डराउनुपपर्दैन । यसलाई म सकारात्मक रुपमा नै लिन्छु । सकारात्मक आलोचनाले आफुलाई सच्याउन मद्दत गर्दछ ।’
अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफु अगाडी बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफुले निकै ठूलो चुनौतीका पहाडहरु समेत झेल्नुपरेको बताउनुभयो ।
तर, यो भनेको राष्ट्रका लागि गर्ने महत्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले त्यो काम गरेरै छाड्ने हिसाबले अगाडी बढेकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उहाँले बताउनुभयो ।
नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफुले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको भएपनी त्यसबाट नडराएर अगाडी बढ्दा आज मुलुकले नक्सा प्राप्त गरेको र अब जमिन पनि प्राप्त गर्ने बताउनुभयो ।
‘नेपालको भुगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । यो निकै चुनोैतीपुर्ण कुरा थियो । मैले खुट्टा नटेकौ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पूस्ताका निम्ती पुग्ने पूस्ताव आएका थिए’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर म डगमगाईन, कुनैपनि लोभलालच, डरधम्कीबाट नडराएर अगाडी बढे । नडगमगाइकन खुट्टा टेकेर यो आट हामीले गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्