१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद बसेर राष्ट्रपति र प्रधानमन्त्रीलाई कठघरामा उभ्याउनुपर्छ: वरिष्ठ अधिवक्ता शम्भु थापा(भिडियो)


0
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले अब संसद बस्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले संसद नदेखे पनि ५ वर्षको संसद कार्यकाल बाँकी नै भएकाले संसद सुचालु गर्नुपर्ने बताउनु भयो ।

संसद खुल्नासाथ प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संसदीय कठघरामा ल्याएर उभ्याउनु पर्ने उहाँको तर्क छ ।

ईमेज टेलिभिजनसँग कुरा गर्दै थापाले संसद संसदमै पुगेर मात्रै विघटन हुने बताउनुभयो ।

‘संविधान बमोजिम सरकार दिन असफल भए मात्रै संसद विघटन हन्छ’ उहाँले भन्नुभयो, ‘यहाँ त संसद मै नगइ संसद विघटन भएको छ ।’

थापाले केपी ओलीको भविष्य सैन्य शासनले साथ दिएमात्रै रहेको बताउनु भयो ।

राजनीतिक दलले प्रधानमन्त्रीलाई साथ नदिने भएकाले सैन्य शासन गरेर केही दिन सत्तामा टिके पनि दिगो नहुने उहाँको भनाइ छ ।

अब नागरिकले धेरै दुःख पाउने उहाँले खुलाशा गर्नुभयो । हेरौं उहाँसँग गरिएको कुराकानी ।