१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


८ सय वर्ष पछि आज पृथ्वीको नजिकै बृहस्पति र शनि ग्रह देखिने


0
Shares

काठमाडौं । सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ ।

खगोलविदहरुका अनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् ।

८ सय वर्ष पछि हुन लागेको यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आँखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् ।

आज सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ ।

यस्तो घटना हरेक साढे १९ वर्षको अन्तरालमा हुने भए पनि आजको यो संयोग अझ बढी दुर्लभ भएको उनीहरुको दाबी छ ।

किनकी अरुबेला पृथ्वीबाट सामान्य अवस्थामा यो देख्न सकिँदैनथ्यो । तर अहिले यी दुई ग्रह पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा रहने हुँदा सहजै अवलोकन गर्न सकिनेछ ।

सन् १६२३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए । तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन ।

अब यस्तो घटना कम्तिमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ ।