
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट निर्वतमान सांसदलाई बालुवाटारमा बोलाउनुभएको छ ।
काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार भेला भएका छन् ।

निर्वतमान सांसदहरु बालुवाटारमा भेला गराएर प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले पार्टीभित्र गर्न सक्ने क्रियाकलाप र संवैधानिक बाधाका विषयमा छलफल गर्न खोजेको बताइएको छ ।
आन्तरिक विवादका कारण फूटको नजिक पुगेको नेकपामा प्रधानमन्त्रीको पछिल्लो कदमले संकट थप चुलिएको छ ।
प्रतिक्रिया दिनुहोस्