
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामबरण यादवले प्रतिनिधि सभा विघटन संविधानविपरित भएको बताउनुभएको छ ।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहमा पूर्वराष्ट्रपति डा. यादवले संसद विघटनको घटनाले आफूलाई दुःख पुगेको बताउनुभयो ।
संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको उहाँले बताउनुभयो ।
‘एउटा होइन, दुई वटा संविधानबाट जनताले धेरै खुन पसिना बगाएर संविधान, धर्मनिरपेक्षता, संघीयता आएको हो,’ उहाँले भन्नुभयो, ‘यो संविधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता हो ।’
७७ वर्षको बलिदान र संघर्षको उपलब्धि गुम्न लागेकोमा चिन्ता व्यक्त गर्दै उहाँले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिए ।
यस्तै पूर्वराष्ट्रपति यादवले आफूले कहिल्यैपनि राष्ट्रपति संस्थाप्रति टिप्पणी नगरेको उल्लेख गर्दै अत्यन्त मर्माहत भएपछि मात्र टिप्पणी गरेको प्रस्ट पानुभएको छ ।
यस्तै उहाँले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको ध्यान पु¥याउनुपर्ने उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्