
झापा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रियस्तरको राजनीतिमा अहिले बिरालोलाई ढोका थुनेर चुटेको जस्तो परिस्थिति आएको बताउनुभएको छ ।
झापाको भद्रपुर नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा उहाँले बाध्यात्मक परिस्थितिमा यस्तो अवस्था आएको जिकिर गर्नुभयो । प्रतिनिधिसभा विघटन भएर नयाँ ताजा जनादेशका लागि निर्वाचनको तिथिमिति तय भइसकेकाले अब निर्वाचनमा जानुको विकल्प नरहेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री राईले विकास र समृद्धिको यात्रामा एक ढिक्का भएर अघि बढिरहेको अवस्थामा जबरजस्त अवरोध सिर्जना हुनु वास्तवमै दुःखद कुरा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्