
Picture: Bishnu Rimal
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बालुवाटारमा ओलीले डाकेको बैठक भर्खरै सुरु भएको छ । बैठकमा ओली पक्षका केन्द्रीय सदस्यहरु सहभागी छन् ।
पार्टी विवाद हुने अवस्थामा पुगेपछि अब के गर्ने भन्ने विषयमा ओलीले आफू निकटका केन्द्रीय सदस्यसँग छलफल गर्न बैठक बोलाउनु भएको हो ।

ओली निकट १ सय ४० जना केन्द्रीय सदस्य रहेको बताइएको छ । पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि नेकपाका दुई अध्यक्षले आज छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक डाकेका हुन् ।
दाहाल-नेपाल समुहको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विवाद चरम उत्कर्षमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्