
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुवै पक्षले बोलाएको बैठकमा नेकपाका नेताद्वय वामदेव गौतम र रामबहादुर थापा बादल उपस्थित नहुने भएका छन् ।
नेता गौतमले पार्टी अफ्ठेरो अवस्थामा पुगेकाले विभाजनको साक्षी बन्न दुवै पक्षका बैठकमा सहभागी नहुने बताउनुभएको छ ।
यस्तै आफूनिकट नेताहरुसँग परामर्श गरिरहेका नेता बादल पनि दुवै पक्षको बैठकमा सहभागी नहुने बताइएको छ ।
यसअघि दाहाल नेपाल पक्षका मन्त्रीहरुले सामुहिक राजीनामा दिँदा पूर्व एमाओवादीको तर्फबाट मन्त्री भएका नेता बादल र लेखराज भट्टले भने राजीनामा दिनुभएको छैन ।
भट्ट यसअघि नै प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी भइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्