१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केन्द्रीय सदस्य थप्ने तयारीमा ओली, बालुवाटारमा नामावली संकलन गरिदैं


0
Shares

kp oli @ baluwatar meeting

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले-दाहाल नेपाल समूहमा भए जति नै केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ ।

बालुवाटार स्रोतका अनुसार अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्य बोलाएर यसबारेमा छलफल गरिरहनु भएको छ ।

अहिले बालुवाटारमा थप गर्ने केन्द्रीय सदस्यको नामावली संकलन भैरहेको छ र उनीहरुलाई आजै सपथ गराइनेछ ।

नेकपामा अहिले ४ सय ४१ जनाको केन्द्रीय कमिटी छ। त्यसमा प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ । केन्द्रीय कमिटीमा प्रधानमन्त्री ओलीका १ सय ४० जना छन् ।

पूर्वमाओवादीबाट २ सय जना जति सदस्य छन् भने नेता नेपाल पक्षका झन्डै सय जना छन्।

केन्द्रीय सदस्यलाई पूर्णता दिइसकेपछि बैठकले आज दाहाल-नेपाल समुहलाई कारवाही गर्ने जनाएको छ ।

केन्द्रीय कमिटीमा बहुमत नपुग्दा कारवाही गर्न अप्ठेरो पर्ने भएकाले केन्द्रीय सदस्य थप्ने ओलीको तयारी छ ।

यसअघि बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई कारवाही गरेको थियो ।

आज केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।