२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


१ हजार १९९ सदस्य महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको घोषणा


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गर्नु भएको छ ।

मंगलबार बालुवाटारमा आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले रहेका चार सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा पाँच सय ५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको बालुवाटार स्रोतले बताएको छ ।

कमिटीमा बाँकी १९७ जना पछि थपिने छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य टोबहादुर रायमाझीले पहिलो मन्तव्य राख्नुभएको छ ।

उहाँ पूर्व एमाओवादी नेता हुनुहुन्छ । यस्तै पूर्वमाओवादी नेताहरु मणि थापा र उद्योग मन्त्री लेखराज भट्ट पनि बालुवाटार बैठकमा सहभागी हुनु भएको छ ।

भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी हुनुहुन्न ।

अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल-नेपाल समूहले बोलाएको बैठकमा जानु हुने भएको छ ।