
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनःस्थापनाको माग गर्नु भएको छ ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषय अवैधानिक भएको भन्दै तत्काल पुनःस्थापना गर्न माग गर्नुभएको हो । महामन्त्री सिंहले सर्वोच्च अदालतले संसद विघटनलाई समर्थन ग¥यो भने पनि आफूहरूले संघर्ष जारी राख्ने बताउनुभयो ।
महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभएको छ । तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी बीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृष्टिकोणबाट विश्लेषण गरेर समर्थन गरेको स्मरण गर्दै उहाँले अहिले त्यसो हुन नसकेको बताउनुभयो । सिंहले पार्टी भित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भीर स्थिति सिर्जना भएको टिप्पणी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्